काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबर्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएलम्युचुअल फण्ड अन्तर्गत संचालित ‘एनआईबिएल सहभागिता फण्ड’ को इकाईहरु डिम्याट खातामा जम्मा भएको छ।
‘एनआईबिएल सहभागिता फण्ड’ खुलामुखी योजनाहो । यो नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको सामूहिक लगानी कोष नियमावली, २०६७ को नियमअन्तर्गत दर्ता भएको कम्पनीले जनाएको छ।
यस फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ट डिपोजिट, ट्रेजरी बिल जस्ता उपकरण तथा स्थिर आयआर्जनका साधनहरुमा लगानी गरी प्रतिफल सिर्जना गर्ने गरेको जनाइएको छ। यो योजना २०७६ सालको असार २४ गते सुरु गरिएको हो।
खुलामुखी प्रकृतिका कारण यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन तर सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत खरिद तथा बिक्री गर्न सकिन्छ।
प्रारम्भिक इकाई बाँडफाँटपछि फण्डले २० करोड इकाई जारी गर्ने स्वीकृति प्राप्त गरेको थियो। योजनाको आकार ६अर्ब (अर्थात ६० करोड इकाई) रहेकोमा २०८२-१२-०५ गतेका दिन देखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको थियो। र, यसको आकार बृद्धि गरी १० अर्ब (अर्थात १ अर्ब इकाई) कायम गरिएको छ।
एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजनाको आकार ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेको र बिज पुँजीको कारण विगत लामो समय देखी फण्डको इकाई वृद्धि नभएको कारण इकाईधनीरुको इकाईहरू हितग्राही खाता (डिम्याट) मा जम्मा भएको थिएन।
नेपाल धितोपत्र बोर्डबाट बीज पुँजी सम्बन्धमा २०८२-१०-०२ गते जारी निर्देशिका अनुसार एनआईबिएल सहभागिता फण्डको मिति २०८२-१२-०५ गतेका दिन देखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार १० अर्बको (अर्थात १ अर्ब इकाई) कायम गर्न स्वीकृति प्राप्त भएपछि पुनः इकाईधनीरुको इकाईहरू हितग्राही खातामा जम्मा गरिएको जनाइएको छ।
अब एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुले सम्पूर्ण इकाईहरु आफनो मेरो सेयर लग ईन गरि लगानी गरिएको इकाईहरु सफलतापूर्वक क्रेडिट गरिएको पुष्टि गर्ने सक्ने भनिएको छ।