BIZMANDU
www.bizmandu.com

पाल्पा सिमेन्ट इन्डष्ट्रिजको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?

२०८२ चैत्र २६

पाल्पा सिमेन्ट इन्डष्ट्रिजको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?
पाल्पा सिमेन्ट इन्डष्ट्रिजको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?


काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच बिहीबार सूचीकरण सम्झौता भएको हो।

Vigo
GBIME
Tata

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। सूचीकृत सेयर मध्ये ८० प्रतिशत संस्थापक र २० प्रतिशतले हुन आउने ७५ लाख कित्ता साधारण सेयर हो।

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको सेयर शुक्रबारदेखि कारोबारमा आउनेछ। नेप्सेले पहिलो कारोबार मूल्य १०० देखि ३०० रुपैयाँ दिएको छ।

आइपीओ निष्कासनका लागि पाल्पा सिमेन्टले गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति सेयर आम्दानी ३.२५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ। कम्पनीका अध्यक्ष राजेशकुमार अग्रवाल हुन्।

कम्पनीका उनको सेयर ३६.१२ प्रतिशत छ। त्यस्तै, विष्णुकुमार अग्रवालको पनि ३६.१२ प्रतिशत सेयर स्वामित्व छ।