काठमाडौं। सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा बिहीबार सुनको कारोबार मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो भने चाँदी १ सय ५० रुपैयाँ सस्तिएको छ।
बिहीबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ७ सय रुपैयाँ भएको छ। यसअघि बुधबार तोलाको २ लाख ९९ हजार रुपैयाँ पुगेको थियो।
मंगलबारका तुलनामा ७ हजार २ सय रुपैयाँले बढेर बुधबार उक्त मूल्यमा पुगेको थिोय। मंगलबार सुनको कारोबार मूल्य तोलाको २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो।
चाँदी बिहीबार प्रति तोला ४ हजार ८ सय ७५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा २०५ रुपैयाँ बढेर बुधबार प्रति तोला ५ हजार २५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४७२१.८२ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ७४.०८ डलर छ। बुधबार सुन प्रति औंस ४८१९.७१ डलर र चाँदी प्रति औंस ७६.८७ डलर थियो।