BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २५ अर्ब उठाउँदै, साँवा ब्याज जेठ २० मा भुक्तानी

२०८२ चैत्र २५

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २५ अर्ब उठाउँदै, साँवा ब्याज जेठ २० मा भुक्तानी
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २५ अर्ब उठाउँदै, साँवा ब्याज जेठ २० मा भुक्तानी

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २५ अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले बोलकबोलमार्फत ५६ दिनका लागि २५ अर्ब रुपैयाँ उठाउन लागेको हो।

Tata
GBIME

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज जेठ २० गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ४ खर्ब १७ अर्ब ८० रुपैयाँ परिपक्व हुन बाँकी छ।