BIZMANDU
www.bizmandu.com

डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस, सम्भवतः आजै नियुक्त हुने

२०८२ चैत्र २४

डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस, सम्भवतः आजै नियुक्त हुने
डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस, सम्भवतः आजै नियुक्त हुने

काठमाडौं। नेपाल राष्ट्र बैंकको रिक्त रहेको डेपुटी गभर्नरका लागि नाम सिफारिस भएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार अर्थमन्त्रीसमक्ष नाम सिफारिस गरेका हुन्।

Tata
GBIME
Nepal Life

अहिले बसिरहेको मन्त्रीपरिषद्को बैठकले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने छ।

गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई डेपुटी गभर्नरको नामका बारेमा छलफल गरेका थिए। त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि कुराकानी भएको थियो। 

प्रधानमन्त्रीले प्रोफेसनललाई राम्रा मान्छेको नाम ल्याउन गभर्नरलाई भनेका थिए। त्यसैअनुसार गभर्नरले नाम लगेका हुन्।