BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा कम्पनीबाट ८ महिनामै बाहिरिए पौडेल, सञ्चालक समितिमा तीन पद रिक्त

२०८२ चैत्र २४

नेपाल पुनर्बीमा कम्पनीबाट ८ महिनामै बाहिरिए पौडेल, सञ्चालक समितिमा तीन पद रिक्त
नेपाल पुनर्बीमा कम्पनीबाट ८ महिनामै बाहिरिए पौडेल, सञ्चालक समितिमा तीन पद रिक्त

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन्।

Tata
GBIME

पौडेलले ८ महिनामै राजीनामा दिएका हुन्। उनी गत साउन २९ गते कम्पनीको सञ्चालक नियुक्त भएका थिए।

पौडेलले व्यावसायिक कार्यव्यस्तताका कारण समय दिन नसकेको कारण देखाएर राजीनामा दिएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ। उनी नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत हुन्।

पौडेलले चैत २० गते दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले सोमबार स्वीकृत गरेको छ। पौडेलको राजीनामा स्वीकृत भएसँगै कम्पनीमा तीन जना सञ्चालकको पद रिक्त भएको छ।