BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले सहुलियत दिंदा पनि बैंकहरुको नाफा प्रभावित, ११ को खुम्चियो, कुनले कति कमाए?

२०८२ चैत्र २३

राष्ट्र बैंकले सहुलियत दिंदा पनि बैंकहरुको नाफा प्रभावित, ११ को खुम्चियो, कुनले कति कमाए?
राष्ट्र बैंकले सहुलियत दिंदा पनि बैंकहरुको नाफा प्रभावित, ११ को खुम्चियो, कुनले कति कमाए?


काठमाडौं। ब्याजदर घट्दै आए पनि व्यवसाय अपेक्षितरुपमा विस्तार नभएपछि बढेको लागतले बैंकहरुको नाफा प्रभावित भएको छ।

Tata
GBIME

निक्षेप थुप्रिएर कर्जा लगानी सुस्त रहेको बेला असुलीमा समेत सुधार नहुँदा वाणिज्य बैंकहरुको नाफा प्रभावित भएको हो।

वाणिज्य बैंकहरुको नाफा जम्मा ०.८९ प्रतिशतले बढेको छ। चालु आवको ८ महिनामा बैंकहरुले ४३ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका छन्। पोहोर यसै अवधिमा बैंकहरुले ४३ अर्ब ४९ करोड नाफा कमाएका थिए।

राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधाले बैंकहरुको नाफामा झिनो सुधार देखिएको हो।

२० मध्ये ११ बैंकको नाफा खुम्चिएको छ। नेपाल बैंकको नाफा ६०.२८ प्रतिशतले घटेको छ।

९ बैंकको नाफा बढेको छ। राष्ट्रिय वाणिज्य, नबिल, नेपाल एसबिआई, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि, प्राइम र सानिमा बैंकको नाफा बढेको हो। कुमारी बैंकको नाफा सबैभन्दा धेरै २७४.६५ प्रतिशतले बढेको छ। यस्तै प्राइम बैंकको नाफा ९.६८ प्रतिशतले बढेको छ।

कुन बैंकको नाफा कति ?

बैंक २०८२/८३ फागुनसम्म (रु. दश लाखमा)२०८१/८२ फागुनसम्म (रु. दश लाखमा)औसत नाफा (प्रतिशतमा)
नेपाल१,१८६.८२२,९८७.९६-६०.२८
राष्ट्रिय वाणिज्य२,३३९.०८१,७२३.९६३५.६८
नबिल६,०७४.१३४,७८७.६८२६.८७
नेपाल इन्भेष्टमेन्ट मेगा२,८८०.८६४,०८५.७३-२९.४९
स्टान्डर्ड चार्टर्ड१,८०८.२६२,१७५.२७-१६.८७
हिमालयन१,३२२.५७१,६६९.७८-२०.७९
नेपाल एसबिआई१,३८५.०४१,२४९.०५१०.८९
एभरेष्ट२,९०७.९३३,००८.८६-३.३५
एनआइसी एसिया३०८.२८८१९.९९-६२.४
माछापुच्छ्रे१,४८४.४७१,१६२.२७२७.७२
कुमारी३,६३०.८०९६९.११२७४.६५
लक्ष्मी सनराइज६५०.४९१,९९२.७२-६७.३६
सिद्धार्थ२,०४८.१९१,२१६.९३६८.३१
कृषि१,२२१.८५७३८.०३६५.५६
ग्लोबल आइएमई४,६२२.६२४,७२९.४८-२.२६
सिटिजन्स८००.७१,१६१.६०-३१.०७
प्राइम२,७४५.२९२,५०३.०६९.६८
एनएमबि२,६४६.६८२,७१६.७१-२.५८
प्रभु१,७४६.९६२,११५.०६-१७.४
सानिमा२,०७३.९२१,६८३.२२२३.२१
कूल नाफा४३,८८४.९४४३,४९६.४७०.८९
स्रोत : नेपाल राष्ट्र बैंक