BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्लेले भने- सेयर बजारमा सुनौला दिन आउँदैछन्, प्यानिक हुन आवश्‍यक छैन

२०८२ चैत्र २३

अर्थमन्त्री वाग्लेले भने- सेयर बजारमा सुनौला दिन आउँदैछन्, प्यानिक हुन आवश्‍यक छैन
अर्थमन्त्री वाग्लेले भने- सेयर बजारमा सुनौला दिन आउँदैछन्, प्यानिक हुन आवश्‍यक छैन


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार अरु क्षेत्रभन्दा पारदर्शी रहे पनि अहिले अनावश्यकरुपमा त्रास फैलाएर लगानीकर्तालाई आतंकित पार्ने काम भइरहेको बताएका छन्।

Tata
GBIME

उनले सोमबार आफूलाई भेट्न मन्त्रालयमा उपस्थित भएको नेपाल आर्थिक पत्रकार समाजको टोलीसँग सेयर बजारमा धरपकड गर्ने सरकारको कुनै योजना नरहेको बरु अरु क्षेत्रभन्दा पारदर्शी रहेकाले सुधारका लागि सहयोग गर्ने बताए।

‘सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ। सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएको छ। प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको छ,’ अर्थमन्त्री वाग्लेलाई उद्यृत गर्दै सेजनले भनेको छ, ‘साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन।’

अर्थमन्त्री वाग्लेले सेयर लगानीकर्तालाई त्रसित नहुन आग्रह गरेका छन्। उनले सेयर बजारमा सुनौला दिन आउनेमा निर्धक्क हुन भनेका छन्।

‘सेयर बजारप्रति हामी कति उदार छौं ? लगानीकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ अध्ययन गरे हुन्छ। त्यो हामी कार्यान्वयन गर्छौं,’ उनले भने, ‘लगानीकर्ताले अत्तालिन आवश्यक छैन। सुनौला दिन आउँदैछन्। प्यानिक हुन आवश्‍यक छैन। आगामी दिनहरूमा सेयर बजार सुधारका लागि काम हुनेछ।’

अर्थमन्त्री वाग्लेले सेयर लगानीकर्तालाई धरपकड गर्ने सरकारको नीति नरहेको तर कसैले इन्साइडर ट्रेडिङ, म्यानुपुलेसन, अन्य अनैतिक काम गरे विद्यमान कानुन अनुसार कारबाही हुने बताए।