BIZMANDU
www.bizmandu.com

सातामा दुई दिन बिदाले फेरियो बैंकिङ कारोबारको समय, ९ देखि अपराह्न ४ बजेसम्म कायम

२०८२ चैत्र २२

सातामा दुई दिन बिदाले फेरियो बैंकिङ कारोबारको समय, ९ देखि अपराह्न ४ बजेसम्म कायम
सातामा दुई दिन बिदाले फेरियो बैंकिङ कारोबारको समय, ९ देखि अपराह्न ४ बजेसम्म कायम

काठमाडौं। सरकारले सरकारी र सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै बैंकिङ समयमा परिवर्तन हुने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारको निर्णयलगत्तै नेपाल राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय कायम हुने निर्णय गरेको छ। कार्तिक १६ देखि माई १५ गतेसम्म भने बैंकिङ समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कायम हुनेछ। यो व्यवस्था सबै बैंक तथा वित्तीय संस्थालाई लागू हुनेछ।

यस्तै राष्ट्र बैंकको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुनेछ। कार्तिक १६ देखि माघ १५ सम्म बिहान ९ बजेदेखि ४ बजेसम्म कार्यालय समय कायम हुनेछ।