BIZMANDU
www.bizmandu.com

इन्धन सवारीसाधनलाई अब इभीमा रुपान्तरण गरिने, कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

२०८२ चैत्र २२

इन्धन सवारीसाधनलाई अब इभीमा रुपान्तरण गरिने, कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय
इन्धन सवारीसाधनलाई अब इभीमा रुपान्तरण गरिने, कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्न कानुन बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीयमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ।

इन्धको मूल्य अकासिएपछि सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुन बनाउने निर्णय गरेको हो।

इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने सम्बन्धमा अहिलेसम्म कानुनी व्यवस्था छैन। गत मंसिर पहिलो साता तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्‌ले इन्धन सवारीसाधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न छुट दिने व्यवस्था गरेको थियो।

त्यतिखेर तीन वर्षसम्म छुट दिने निर्णय गरिएकामा अब कानुनी व्यवस्था गर्न लागिएको हो।

इन्धन सवारीसाधन विद्युतीयमा बदलिएपछिको हकमा कर लगायत प्रावधान के हुन्छ अहिलेसम्म प्रष्ट छैन।

रुपान्तरण गरेका सवारीको ब्लु-बुक के गर्ने? सवारी दर्ता गरेर कसरी नम्बर दिने? आयु कति वर्ष तोक्ने? जस्ता विषय पनि अस्पष्ट छ। यातायात व्यवस्था विभागले यसका लागि मापदण्ड बनाउने काम गरिरहेको बताएको छ।