BIZMANDU
www.bizmandu.com

सेयर बजारमा रोकिएन पहिरो, बिचौलियामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानले आत्तिए लगानीकर्ता

२०८२ चैत्र २२

सेयर बजारमा रोकिएन पहिरो, बिचौलियामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानले आत्तिए लगानीकर्ता
सेयर बजारमा रोकिएन पहिरो, बिचौलियामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानले आत्तिए लगानीकर्ता


काठमाडौं। सेयर बजारमा आइतबार १०५.५० अंकको पहिरो गएको छ। नेप्से परिसूचक आइतबार कारोबार खुलेदेखि ओरालो लागेकामा अन्तिममा ३.७९ प्रतिशत घटेर २६७६.६८ विन्दु कायम भएको छ।

Tata
GBIME

सबै उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ६.०९ प्रतिशतले गुमाएका छन्।

बजारमा २६१ कम्पनीको सेयर मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। नारायणी विकास बैंक, हिमालयन रि इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट, गार्डियन माइक्रो लाइफ, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

बजारमा ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र बनाएपछिको तरंग सेयर बजारमा देखिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले बिचौलिया दीपक भट्ट तथा उनका व्यावसायिक साझेदारका रुपमा रहेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उनका छोरा सुलभलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नयाँ सरकार बनेपछि नेप्से २७४ अंकले ओरालो लागिसकेको छ।

बजारमा आइतबार १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५८ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

शिवम् सिमेन्टको ४५ करोड २५ लाख र ङादी ग्रुप पावरको ४२ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।