BIZMANDU
www.bizmandu.com

सेयर बजारमा १०० अंकको गिरावट, नेप्से परिसूचक आइपुग्यो २६८१ विन्दुमा

२०८२ चैत्र २२

सेयर बजारमा १०० अंकको गिरावट, नेप्से परिसूचक आइपुग्यो २६८१ विन्दुमा
सेयर बजारमा १०० अंकको गिरावट, नेप्से परिसूचक आइपुग्यो २६८१ विन्दुमा

काठमाडौं। कारोबार खुलेदेखि ओरालो लागेको सेयर बजारमा आइतबार उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक इन्ट्राडे १:२७ बजे ९७.६१ अंक घटेर २६८४ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ। आइपीओ बिक्री बाहेकका कम्पनीको मूल्य उच्च घटेको छ। साढे १ बजेसम्म बजारमा ७ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र बनाएर बिचौलिया समात्न थालेपछि त्यसको प्रभाव बजारमा देखिएको हो।