BIZMANDU
www.bizmandu.com

सरकारले बन्द गरायो ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप तथा वेबसाइटहरू

२०८२ चैत्र २२

सरकारले बन्द गरायो ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप तथा वेबसाइटहरू
सरकारले बन्द गरायो ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप तथा वेबसाइटहरू


काठमाडौं। सरकारले अनलाइन सट्टेबाजीविरुद्ध कडा कदम चाल्दै देशभर ७ हजारभन्दा बढी एप तथा वेबसाइटहरू बन्द गराएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसंचार प्राधिकरणले ती एप तथा वेबसाइट बन्द गरेको हो।

Vigo
GBIME
Tata

अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासो प्राप्त भएपछि कारबाही अगाडि बढाइएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। मन्त्रालयले २४ घण्टाभित्र यस्ता एप र वेबसाइट बन्द गर्ने नीति लिएपछि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई त्यस्ता एप र वेबसाइटहरू बन्द गर्ने पत्रचार गरेको हो।

गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बुँदा नम्बर ४२ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चैत १५ गतेको निर्देशनका आधारमा अवैध सट्टेबाजी साइटहरूविरुद्ध कारबाही अघि बढाउने उल्लेख थियो।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन। यस्तो कसूर गरेमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिबाना हुनेछ। यसैगरी, विज्ञापन ऐन, २०६६ ले सट्टेबाजीसम्बन्धी प्रचारप्रसारमा प्रतिबन्ध लगाएको छ।