BIZMANDU
www.bizmandu.com

सर्वसाधारणका लागि कालिञ्चोक हाइड्रोपावरको ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ निष्कासन

२०८२ चैत्र २२

सर्वसाधारणका लागि कालिञ्चोक हाइड्रोपावरको ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ निष्कासन
सर्वसाधारणका लागि कालिञ्चोक हाइड्रोपावरको ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ निष्कासन


काठमाडौं। कालिञ्चोक हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुलाएको हो।

Vigo
GBIME
Tata

हाइड्रोपावरले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता छुट्याएको छ। लगानीकर्ताले चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कालिञ्चोक हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ दरमा १३ लाख ७५ हजार कित्ता सेयर आइपीओ बिक्रीको अनुमति पाएको छ।

हाइड्रोपावरले आइपीओ निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ छ। कालिञ्चोकले संचालन गरेको ५ मेगावाटको साँगु खोला जलविद्युत आयोजनाको कूल लागत १ अर्ब २० करोड रुपैयाँ छ। आयोजनाको प्रति मेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ छ।

गत पुस मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ १०६.६५ रुपैयाँ र प्रति सेयर आम्दानी १.४६ रुपैयाँ छ। यस्तै, सञ्चित नाफा २ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ।