BIZMANDU
www.bizmandu.com

सुलभ अग्रवालले पक्राउ पर्नुअघि दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा

२०८२ चैत्र २२

सुलभ अग्रवालले पक्राउ पर्नुअघि दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा
सुलभ अग्रवालले पक्राउ पर्नुअघि दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा

काठमाडौं। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले राजीनामा दिएका छन्।

Vigo
GBIME
Tata

सुलभले चैत १९ गते कम्पनीको अध्यक्ष र संचालक दुवै पदबाट दिएको राजीनामा सञ्चालक समितिले २० गते स्वीकृत गरेको छ। सुलभ सम्पत्ति सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा शनिबार पक्राउ परेका छन्।

बिचौलिया दीपक भट्टसँगको कारोबार शंकास्पद देखिएपछि सुलभ पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट, लगायतमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

भट्ट र सुलभले प्रिपेड समूह चलाएर बीमा कम्पनीको लाइसेन्स वितरणदेखि नेपाल धितोपत्र बोर्डबाट आइपीओ अनुमति दिंदा कमिसन उठाउँदै आएका थिए।