BIZMANDU
www.bizmandu.com

राजस्थानको कठिन जितमा रवि विश्नोइको घातक बलिङ, आज पनि आईपीएलमा दुई खेल

२०८२ चैत्र २२

राजस्थानको कठिन जितमा रवि विश्नोइको घातक बलिङ, आज पनि आईपीएलमा दुई खेल
Ravi Bishnoi of Rajasthan Royals celebrates the wicket of Sai Sudharsan of Gujarat Titans during the Match 9 of the TATA Indian Premier League 2026 between Gujarat Titans and Rajasthan Royals at Narendra Modi Stadium, Ahmedabad , India, on April 4, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL

राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा गुजरात टाइटन्सले लगातार दोस्रो हार ब्यहोरेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थानले गुजरातलाई ६ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाउँदा यशश्वी जसवालले ५५ तथा वैभव सूर्यवंशीले ३१ रन बनाए। बलिङमा गुजरातका कागिसो रबाडाले २ विकेट लिँदा मोहम्मद सिराज, अशोक शर्मा, प्रसिद कृष्ण र राशिद खानले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ८ विकेट गुमाएर २०४ रन बनाउँदै लक्ष्य नजिक पुगे पनि सफल हुन सकेन। गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ७३ रन बनाउँदा जोस बटलरले २६ तथा राशिद खानले २४ रन बनाए। गुजरातलाई रोक्न राजस्थानका रवि विश्नोइको महत्वपूर्ण भूमिका रह्यो। उनले सर्वाधिक ४ विकेट लिँदा नान्द्रे बर्गर, तुसार देशपाण्डे र रियान परागले समान १ विकेट लिए।

शनिबारनै सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको थियो।

आज पनि आईपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट भिड्नेछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नइ सुपर किंग्स भिड्नेछन्।