BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईमा एसोसिएटतर्फ ज्योत्सनाको नेतृत्वमा क-कसले दर्ता गराए उम्मेदवारी?

२०८२ चैत्र २०

एफएनसीसीआईमा एसोसिएटतर्फ ज्योत्सनाको नेतृत्वमा क-कसले दर्ता गराए उम्मेदवारी?
एफएनसीसीआईमा एसोसिएटतर्फ ज्योत्सनाको नेतृत्वमा क-कसले दर्ता गराए उम्मेदवारी?


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहका सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।

Vigo
GBIME
Tata

श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लाग्दा उनको समूहबाट अविनाश बोहरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयश श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमल्सिना, शोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल), शैलेन्द्र गुरागाईं र सुनिलनारायण श्रेष्ठले कार्यकारिणी समिति सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

उनीहरुमध्ये अविनाश, रामशरण, देशबन्धु, शैलेन्द्र, गोपाल, सन्दिप र सुनिलनारायण अहिलेको कार्यसमितिमा पनि सदस्य छन्। यो समूहबाट हेमराज ढकाल वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन्।

महासंघमा नयाँ नेतृत्व चयनका लागि यही चैत २९ र ३० गते हुने साधारण सभा तथा अधिवेशन हुँदैछ।