BIZMANDU
www.bizmandu.com

जलशक्ति हाइड्रोले एक करोड कित्ता आइपीओ जारी गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक

२०८२ चैत्र २०

जलशक्ति हाइड्रोले एक करोड कित्ता आइपीओ जारी गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक
जलशक्ति हाइड्रोले एक करोड कित्ता आइपीओ जारी गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। धादिङमा २३.६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको जलशक्ति हाइड्रो कम्पनीले आइपीओ जारी गर्ने भएको छ।

Vigo
GBIME
Tata

आयोजनामा लगानी गर्न कम्पनीले प्रति सेयर अंकित मूल्य १०० दरका एक करोड कित्ता आइपीओ जारी गर्ने भएको हो। कम्पनीले जारी पुँजी २ अर्ब ५० करोडको ४० प्रतिशत आइपीओ जारी गर्न लागेको बताएको छ।

आइपीओ जारी गर्न कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा शुक्रबार सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनीका अध्यक्षडा. भोगेन्द्र कुमार गुरागाईंले हस्ताक्षर गरेका छन्।