BIZMANDU
www.bizmandu.com

पूर्वबैंकर पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक नियुक्त, पाण्डेको राजीनामापछि रिक्त थियो पद

२०८२ चैत्र २०

पूर्वबैंकर पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक नियुक्त, पाण्डेको राजीनामापछि रिक्त थियो पद
पूर्वबैंकर पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक नियुक्त, पाण्डेको राजीनामापछि रिक्त थियो पद

काठमाडौं। पूर्वबैंकर जनक शर्मा पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्।

Vigo
GBIME
Tata

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समिति बैठकले चैत १९ गतेदेखि लागू हुने गरी पौड्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो।

उनलाई सिद्धान्तराज पाण्डेको ठाउँमा नियुक्त गरिएको बैंकले जनाएको छ। पाण्डेले पुस १७ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए।

स्वतन्त्र सञ्चालक नियुक्त पौड्याल ग्लोबल आइएमई बैंकका पूर्वसीइओ हुन्।