BIZMANDU
www.bizmandu.com

एमाले नेताहरूलाई फूल दिँदै अनेरास्ववियुले भन्यो- पार्टीमा युवालाई अघि सार्नुस्

२०८२ चैत्र २०

एमाले नेताहरूलाई फूल दिँदै अनेरास्ववियुले भन्यो- पार्टीमा युवालाई अघि सार्नुस्
एमाले नेताहरूलाई फूल दिँदै अनेरास्ववियुले भन्यो- पार्टीमा युवालाई अघि सार्नुस्

काठमाडौं। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीका नेताहरूलाई सचेत बनाउन रचनात्मक विधि अपनाएको छ।

Tata
GBIME
Nepal Life

अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई पार्टीका नेतृत्वलाई फूल दिँदै भद्र रुपमा विरोध प्रदर्शन गरेको छ।

केन्द्रीय सचिवालय बैठकका लागि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका नेताहरूको हातमा उनीहरूले फूल थमाएका थिए। सो क्रममा उनीहरूले पार्टीमा युवालाई अगाडि ल्याउनु पर्ने माग राखेका थिए।

रामबहादुर थापा ‘बादल’, गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराई र पद्‍मा अर्याल लगायतका नेताहरूलाई अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई फूल दिएका थिए।