BIZMANDU
www.bizmandu.com

बैंकबाट ऋण लिएर सेयर बजारमा १.५६ खर्ब लगानी, ८ महिनामा ११.१ प्रतिशतले वृद्धि

२०८२ चैत्र १९

बैंकबाट ऋण लिएर सेयर बजारमा १.५६ खर्ब लगानी, ८ महिनामा ११.१ प्रतिशतले वृद्धि
बैंकबाट ऋण लिएर सेयर बजारमा १.५६ खर्ब लगानी, ८ महिनामा ११.१ प्रतिशतले वृद्धि


काठमाडौं। चालु आर्थिक वर्ष फागुनसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।

Tata
GBIME

माघसम्मको तुलनामा यो रकम १५ करोड ९४ लाख रुपैयाँ धेरै हो। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेका थिए।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ८ महिनामा सेयर धितो कर्जा ११.१ प्रतिशतले बढेको छ।

१ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १०.८ प्रतिशत बढेर १ खर्ब ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। यस्तै, ५० लाखमाथि १ करोडसम्मको सेयर धितो कर्जा १८ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ पुगेको छ। यो रकम असारसम्मको तुलनामा १७.४ प्रतिशत धेरै हो।

यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८.५ प्रतिशत बढेर १९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यो रकम गत असारसम्मभन्दा ७.१ प्रतिशत धेरै हो।