BIZMANDU
www.bizmandu.com

रेमिटेन्स ३७.७ प्रतिशतले वृद्धि, मुलुकमा एक महिनामै भित्रियो १ खर्ब ८८ अर्ब रुपैयाँ

२०८२ चैत्र १९

रेमिटेन्स ३७.७ प्रतिशतले वृद्धि, मुलुकमा एक महिनामै भित्रियो १ खर्ब ८८ अर्ब रुपैयाँ
रेमिटेन्स ३७.७ प्रतिशतले वृद्धि, मुलुकमा एक महिनामै भित्रियो १ खर्ब ८८ अर्ब रुपैयाँ


काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले घरमा पठाउने रकम बढेको छ। चालु आर्थिक वर्षको ८ महिनामा रेमिटेन्स ३७.७ प्रतिशतले बढेको हो। फागुन मसान्तसम्म रेमिटेन्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड भित्रिएको छ। फागुन एक महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

Tata
GBIME

अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स १ खर्ब ५१ अर्ब १९ करोड थियो। अमेरिकी डलरमा रेमिटेन्स ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ।

फागुन मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११४९ अर्ब ३० करोड रहेको थियो।

वैदेशिक रोजगारी जानेको संख्या घटे पनि डलर बलियो बन्दै जादा रेमिटेन्स आप्रवाह बढेको छ। चालु आवको ८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिने २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३ लाख १७ लाख ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो।