BIZMANDU
www.bizmandu.com

नयाँ जनादेशसहित सुरु भयो प्रतिनिधि सभाको अधिवेशन, पहिलो दिनको दृश्य यस्तो

२०८२ चैत्र १९

नयाँ जनादेशसहित सुरु भयो प्रतिनिधि सभाको अधिवेशन, पहिलो दिनको दृश्य यस्तो
नयाँ जनादेशसहित सुरु भयो प्रतिनिधि सभाको अधिवेशन, पहिलो दिनको दृश्य यस्तो


काठमाडौं। नयाँ जनादेशसहित प्रतिनिधि सभाको बैठक सुरु भएको छ। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिको आह्वानमा प्रतिनिधि सभाको अधिवेशन बिहीबार सुरु भएको हो।

Vigo
GBIME
Tata

फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन्।

प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका छन्। उनले सर्वदलीय बैठकमा भएको सहमति अनुसार बैठक सञ्चालन गरेका छन्। बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने ६ वटै दलका एक एक जनाले संबोधन गरेका छन्।

रास्वपाका तर्फबाट सभापति रवि लामिछाने, नेपाली कांग्रेसका तर्फबाट भिष्मराज आङ्देम्बे, एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ज्ञानबहादुर शाहीले सम्बोधन गरेका हुन्।

रास्वपा सभापति लामिछानेले निर्वाचनमा नेपाली जनताले रास्वपालाई सिंहदरबार बदल्नका लागि मत दिएको भन्दै सरकारले त्यसको थालनी गरिसकेको बताएका छन्।

‘पारदर्शी सुशासनको हामी ग्यारेन्टी लिन्छौं। नीतिहरु बेचिने छैन। हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं। बिचौलिया र माफिया अब कारबाहीका भागिदार हुनेछन्,’ उनले भने, ‘खाडीमा जाने राजदूतहरु बिचौलियाको टेबलमा होइन श्रमिकका शिविरमा भेटिनेछन्।’