BIZMANDU
www.bizmandu.com

गार्डेनिङमा रुचि राख्नेहरूका लागि भृकुटीमण्डपमा सुरु भयो नेसनल हर्टिकल्चर एक्स्पो

२०८२ चैत्र १९

गार्डेनिङमा रुचि राख्नेहरूका लागि भृकुटीमण्डपमा सुरु भयो नेसनल हर्टिकल्चर एक्स्पो
गार्डेनिङमा रुचि राख्नेहरूका लागि भृकुटीमण्डपमा सुरु भयो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं। तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार सुरु भएको छ। एक्स्पो सोमबारसम्म संचालन हुनेछ।

Vigo
GBIME
Tata

नर्सरी व्यवसायी संघ, नेपालले काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पोको आयोजना गरेको हो।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारालाई आत्मसाथ गर्दै एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ।

एक्स्पोमा विभिन्न प्रकारका फूलहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। यहाँ बीउ, मल र औजार लगायत गार्डेनिङका लागि आवश्यक पर्ने सबै कुरा उपलब्ध छ।