BIZMANDU
www.bizmandu.com

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबारका लागि अनुमति

२०८२ चैत्र १९

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबारका लागि अनुमति
Interview with Governor of Nepal Rastra Bank_ Mahaprasad Adhikari

काठमाडौं। नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सञ्जिवनी लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको छ।

Tata
GBIME
Nepal Life

विभागले सूचना प्रकाशित गर्दै संस्थालाई नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ।

सञ्जिवनी लघुवित्त वित्तीय संस्था साविकको सुपर लघुवित्त वित्तीय संस्था हो। यसको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) अनुसार समस्या देखिएपछि संस्थालाई २०७९ भदौ २२ मा समस्याग्रस्त घोषणा गरिएको थियो।

यसबीच बैंकले २०८२ चैत ५ गते निर्णय गर्दै संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको छ।

ऋण दिँदा नक्काली ऋणी बनाएर अपचलन गरेको लगायतका आधारमा केन्द्रीय बैंकले लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो। केन्द्रीय बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणबाट संस्थाको संचालक समितिका अध्यक्ष तथा सदस्यहरूले नक्कली ऋणी खडा गरेर कर्जा प्रवाह गरेको देखिएको थियो।