BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ७४.७३ अंकको पहिरो, १२.१० अर्बको कारोबार, ६ कम्पनीमा पोजेटिभ सर्किट

२०८२ चैत्र १८

सेयर बजारमा ७४.७३ अंकको पहिरो, १२.१० अर्बको कारोबार, ६ कम्पनीमा पोजेटिभ सर्किट
सेयर बजारमा ७४.७३ अंकको पहिरो, १२.१० अर्बको कारोबार, ६ कम्पनीमा पोजेटिभ सर्किट


काठमाडौं। सेयर बजारमा बुधबार ७४.७३ अंकको पहिरो गएको छ। नेप्से परिसूचक २७७६.३६ विन्दुमा आइपुगेको छ।

Tata
GBIME

सबै उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घटेको छ। कारोबार खुलेदेखि ओरालो लागेको नेप्से अपराह्न साढे २ बजे २७६२ विन्दुमा आइपुगेको थियो।

बजारमा २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत ओरालो लागेको छ।

बजारमा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ७१ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

अपी पावरको ४५ करोड ७२ लाख र ङादी ग्रुप पावरको ४३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

१३ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। सेयर बजार उच्च अंकले घट्दा पनि रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

नयाँ सरकार बनेपछि दुई दिन लगातार घटेको नेप्से मंगलबार १९.७० अंक बढेको थियो। चैत १३ गते नयाँ सरकार बनेपछि सेयर बजार १७४ अंकले घटिसकेको छ।