काठमाडौं। सुनचाँदीको मूल्य पुनः लगातार बढ्न थालेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुन तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी १०० रुपैयाँ महँगिएको छ।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९७ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबारका तुलनामा ६ हजार ७ सय रुपैयाँले बढ्दा मंगलबार तोलाको २ लाख ९० हजार २ सय रुपैयाँ भएको थियो।
गत सोमबार सुन प्रति तोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य बुधबार प्रति तोला ४ हजार ९ सय ४५ रुपैयाँ भएको छ। गत सोमबारका तुलनामा १४५ रुपैयाँ बढेर मंगलबार प्रति तोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य बढेर प्रति औंस ४६७८.१८ डलर भएको छ भने चाँदी प्रति औंस ७४.२६ डलर भएको छ। मंगलबार सुन प्रति औंस ४५६१.८४ डलर र चाँदी ७२.१७ डलर थियो।