BIZMANDU
www.bizmandu.com

सुन्धारा कारागारका तीन थुनुवालाई छुटाइदिन्छु भन्दै परिवारसँग ठगी, आरोपित दम्पती पक्राउ

२०८२ चैत्र १८

सुन्धारा कारागारका तीन थुनुवालाई छुटाइदिन्छु भन्दै परिवारसँग ठगी, आरोपित दम्पती पक्राउ
सुन्धारा कारागारका तीन थुनुवालाई छुटाइदिन्छु भन्दै परिवारसँग ठगी, आरोपित दम्पती पक्राउ

काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेकाको पारिवार ठगीमा परेका छन्। थुनामा परेका तीन जनालाई छुटाइदिने प्रलोभनमा ठगेको खुलेपछि दम्पती पक्राउ परेका छन्।

GBIME
Tata

पक्राउ पर्नेमा मन्डिखाटार बस्ने ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी पत्नी ३७ वर्षीया मिठु भनिने अनिता थापा मगर रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ। सुन्धारा कारागारमा रहेका तीन जनालाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगेको खुलेपछि दुवै मंगलबार पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ‘सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाई दिन्छु, धरौटी बापतको रकम दिनु पर्छ’ भनी हरिबहादुरले धरौटी बापतको रकम र वकिललाई बहस खर्च रकम श्रीमती अनिताको बैंक खातामा जम्मा गर्न लगाएका थिए।

दम्पतीले ठगी गरेको जाहेरी आएपछि पक्राउ गरिएको हो। दुवैमाथि कार्बाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।