BIZMANDU
www.bizmandu.com

साहस ऊर्जालाई सतप्रतिशत हकप्रद सेयर जारी गर्न आयोगले दियो पूर्वस्वीकृति, ९ वटा सर्त

२०८२ चैत्र १८

साहस ऊर्जालाई सतप्रतिशत हकप्रद सेयर जारी गर्न आयोगले दियो पूर्वस्वीकृति, ९ वटा सर्त
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद सेयर जारी गर्न आयोगले दियो पूर्वस्वीकृति, ९ वटा सर्त

काठमाडौं। साहस ऊर्जा कम्पनीले हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। आयोगले कम्पनीलाई चुक्ता पुँजी बराबर हकप्रद सेयर जारी गर्न मंगलबार पूर्वस्वीकृति दिएको हो।

Vigo
GBIME
Tata

साहस ऊर्जाको चुक्ता पुँजी हाल ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ छ। आयोगले साहस ऊर्जालाई ३४० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो। आयोगले पूर्वस्वीकृति दिने क्रममा विभिन्न ९ वटा सर्त तोकेको छ।

कम्पनीले पूर्वस्वीकृतिका लागि आयोगमा चैत ९ गते निवेदन दिएको थियो। कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमतिका लागि अब नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिने छ।