BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्लेले उद्योग परिसंघका पदाधिकारीलाई भने : लगानी गर्न उत्साहित हुनुस्

२०८२ चैत्र १७

अर्थमन्त्री वाग्लेले उद्योग परिसंघका पदाधिकारीलाई भने : लगानी गर्न उत्साहित हुनुस्
अर्थमन्त्री वाग्लेले उद्योग परिसंघका पदाधिकारीलाई भने : लगानी गर्न उत्साहित हुनुस्


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बलियो सरकार बनेको समयलाई देशको उन्नतिका लागि प्रयोग गर्न चाहेको बताएका छन्।

Vigo
GBIME
Tata

सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको छलफलमा वाग्लेले निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको भन्दै अब आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका हुन्।

‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौं। निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउन आएको पहिलो दिन नै हामीले १५ वटा कानुन खारेज गरेर सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको छ। हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो तर उदारको अर्थ छाडा हुनलाई भने हामी नियमन गर्ने नै हो।’

त्यसक्रममा उनले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न र त्यसमा सरकारले खुलेर सहयोग गर्ने बताएका थिए।

भेटका क्रममा नमूना औद्योगिक पार्क बनाउने र त्यसलाई सहजीकरण गर्न निजी क्षेत्रको मागमा अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानी मैत्री वातावरण बनाउन पहल थाल्न र सरकारले सबै खाले सहयोग गर्ने बताएका थिए।

त्यस्तै उनले स्वदेशी, ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार प्रतिवद्ध रहेको आश्वासन दिएका थिए।

‘सबैखाले सहयोग हामी गर्छौं। लगानी गर्न तपाईंहरु उत्साहित हुनुस्। विदेशी लगानी ल्याउने वातावरण बनाउनुस्,’ उनले भने।