काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आफ्नो प्यानल घोषणा गरेको छ। नरेशलालको समूहले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी प्यानल घोषणा गरेको हो।
यो समूहले सदस्यमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुवोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गाप्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीलाई मैदानमा उतारेको छ।
कमला, भक्तबहादुर, सुवोध, लिलेन्द्र, पशुपतिदेव र हरिबहादुर अहिलेको कार्यसमितिमा पनि छन्। यस्तै सुनैना घिमिरे पाण्डे र सुधिर पराजुलीलाई पनि यो प्यानलमा राखिएको छ।
कार्यक्रममा एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकाल पनि उपस्थित थिए।
नरेशलालले कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी टिम निर्माण गरेको बताए।

नरेशलालको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल हुन्। ढकालले आफ्नो समूहबाट उपाध्यक्षका उम्मेदवारको नाम एक महिनाअघि नै घोषणा गरेका थिए।
एफएनसीसीआईमा नेयाँ नेतृत्व चयनका लागि यही चैत मसान्तमा साधारणसभा हुँदैछ।