काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा ५ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो।
आइतबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८६ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार सुन ४ हजार ६ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८१ हजार रुपैयाँमा आइपुगेको थियो।
चाँदीको कारोबार मूल्य आइतबार प्रति तोला ४ हजार ७ सय २० रुपैयाँ भएको छ। शुक्रबार तोलाको ४ हजार ६ सय ७० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४४९३.७९ डलर र चाँदी प्रति औंस ६९.७७ डलर छ।