BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले हुम्लाको छत्रपाल आधारभूत विद्यालयका विद्यार्थीलाई दियो ट्र्याकसुट

२०८२ चैत्र १५

सिटिजन्स बैंकले हुम्लाको छत्रपाल आधारभूत विद्यालयका विद्यार्थीलाई दियो ट्र्याकसुट
सिटिजन्स बैंकले हुम्लाको छत्रपाल आधारभूत विद्यालयका विद्यार्थीलाई दियो ट्र्याकसुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले हुम्लाको अदानचुली गाउँपालिका ३ स्थित छत्रपाल आधारभूत विद्यालयका २०५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुट हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाक वितरण गरेको हो। यसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउने बैंकले विश्वास लिएको छ।

बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ।