BIZMANDU
www.bizmandu.com

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

२०८२ चैत्र १४

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई प्रहरीको टोलीले गुन्डुस्थित निवासबाट पक्राउ गरेको हो।

Vigo
GBIME
Tata

जेनजी आन्दोलनमा राज्यपक्षबाट गरिएको दमनमा संलग्नता अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। कार्की आयोग प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय पछि उनलाई नियन्त्रणमा लिइएको हो।

ओलीलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला प्रहरी परिसर लगिँदैछ।

सरकारले पूर्व गृहमन्त्री रमेश लेखकलाई यसअघि पक्राउ गरिसकेको छ।

ओलीलाई पक्राउ गरेपछि गृहमन्त्री सुधन गुरुङले आफूहरुले कानुनको पालना गरेको बताएका छन्। उनले यो प्रतिशोध नभइ न्यायको सुरुवात भएको बताएका छन्।

एमालेले भने ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै विरोध गरेको छ।