BIZMANDU
www.bizmandu.com

बालेन प्रधानमन्त्री बनेकै दिन १० करोड डलरको परियोजना सुरु, चौधरी ग्रुपले लक्जरी ब्राण्ड ल्याउने

२०८२ चैत्र १३

बालेन प्रधानमन्त्री बनेकै दिन १० करोड डलरको परियोजना सुरु, चौधरी ग्रुपले लक्जरी ब्राण्ड ल्याउने
बालेन प्रधानमन्त्री बनेकै दिन १० करोड डलरको परियोजना सुरु, चौधरी ग्रुपले लक्जरी ब्राण्ड ल्याउने


काठमाडौं। चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

बहुमतसहितको नयाँ सरकार गठन भएकै दिन चौधरी ग्रुपले ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको हो। सन् १९८३ मा स्थापित रिट्ज–कार्लटन ब्रान्डले हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले रविन्द्र श्रेष्ठ (आईजे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारीमा होटल निर्माणको काम सुरु गरेको छ।

कम्पनीले काठमाडौंको ठमेलमा ९ रोपनी जग्गामा होटल निर्माण गर्न सुरु गरेको हो। रिट्ज–कार्लटन काठमाडौंको शुक्रबार भूमिपुजन गरिएको छ।

होटल निर्माणमा करिब १० करोड अमेरिकी डलर खर्च हुने सीजी हस्पिटालिटी ग्लोबलको अनुमान छ।

यो परियोजनामा १५० रुम सहितको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स र क्यासिनो रहनेछन्।

परियोजना सन् २०२९ को मध्यसम्म पूरा गर्ने लक्ष्य छ। होटलमा एक रातको रुम रेट १,००० अमेरिकी डलरभन्दा बढी हुने र यसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने सीजी हस्पिटालिटी ग्लोबलले जनाएको छ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले रिट्ज–कार्लटनको प्रवेशले नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीयस्तरमा योगदान पुर्‍याउने चौधरी ग्रुपको प्रतिबद्धतालाई पुष्टि गरेको बताए।

‘आजको यो पहल केवल परियोजना उद्घाटनका लागि मात्र होइन, यो युवा सोच, युवा उद्यमीहरूको पहल हो जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन्। यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो। यस परियोजनामार्फत हामीले रोजगार सिर्जना, उच्चस्तरीय पर्यटन प्रवर्धन र आर्थिक वृद्धि बढाउन राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेका छौं,’ राहुलले भने।

सीजी हस्पिटालिटी ग्लोबलको पोर्टफोलियोमा हाल १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट छन्।