काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदी १५० रुपैयाँले घटेको हो।
शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य शुक्रबार १५० रुपैयाँले घटेर प्रति तोला ४ हजार ६ सय ७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ८२० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४४४३.७८ डलर र चाँदी प्रति औंस ६९.७४ डलर छ। बिहीबार सुन प्रति औंस ४५०६.६९ डलर र चाँदी प्रति औंस ७०.६५ डलरमा कारोबार भएको थियो।