BIZMANDU
www.bizmandu.com

सुदन गुरुङ गृहमन्त्री र सोविता कानुन मन्त्री हुने फाइनल, को को हुने भए मन्त्री?

२०८२ चैत्र १३

सुदन गुरुङ गृहमन्त्री र सोविता कानुन मन्त्री हुने फाइनल, को को हुने भए मन्त्री?
सुदन गुरुङ गृहमन्त्री र सोविता कानुन मन्त्री हुने फाइनल, को को हुने भए मन्त्री?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन सरकारमा मन्त्री हुनेहरुको नाम तय गरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारमा गणेश पौडेल पर्यटन मन्त्री हुने भएका छन्।

Tata
GBIME
Nepal Life

सस्मित पोखरेललाई शिक्षा, सुनिल लम्साललाई भौतिक पूर्वाधार, निशा मेहेतालाई स्वास्थ्य र अमरेशकुमार सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

यसअघि रास्वपाबाट खेल मन्त्री बनेका विराज भक्त श्रेष्ठलाई यसपटक उर्जा मन्त्रालयको जिम्मेवारी दिइँदैछ।

प्रतिभा रावललाई संघीय मामिला मन्त्रालय र अर्थमा स्वणिम वाग्लेलाई नियुक्त गरिने भएको छ।

त्यस्तै, शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

सोविता गौमतले कानुन मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई आज बिहानै प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्।