BIZMANDU
www.bizmandu.com

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति ?

२०८२ चैत्र १२

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति ?
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति ?

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बिहीबार कम्पनी र नेप्सेबीच सूचीकरण सम्झौता भएको हो।

Vigo
GBIME
Tata

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर नेप्सेमा थपिएको छ। कम्पनीको सूचीकृत सेयर मध्ये २० प्रतिशत साधारण र बाँकी ८० प्रतिशत संस्थापक हो।

१३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारण सेयर मध्ये सर्वसाधारणलाई वितरण गरेको सेयर मात्रै दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ।

कम्पनीले वितरण गरेको आयोजना प्रभावित क्षेत्रका स्थानीय र कर्मचारीले ३ वर्षपछि मात्रै बिक्री गर्न पाउनेछन्। सामुहिक लगानीकोषलाई वितरण गरेको सेयर ६ महिनापछि कारोबारमा आउनेछ।

हाइड्रोपावरलाई नेप्सेले पहिलो कारोबारका लागि ९४.७७ देखि २८४.३१ रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।