BIZMANDU
www.bizmandu.com

रिइन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा खोल्न ६ महिना म्याद थप, निर्देशिका दोस्रो पटक संशोधन

२०८२ चैत्र १२

रिइन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा खोल्न ६ महिना म्याद थप, निर्देशिका दोस्रो पटक संशोधन
रिइन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा खोल्न ६ महिना म्याद थप, निर्देशिका दोस्रो पटक संशोधन

काठमाडौं। रिइन्स्योरन्स ब्रोकरलाई शाखा कार्यालय स्थापना गर्न नेपाल बीमा प्राधिकरणले दोस्रो पटक निर्देशिका संशोधन गरेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका,२०८० मा दोस्रो संशोधन गरेर रिइन्स्योरेन्स ब्रोकरलाई शाखा कार्यालय स्थापनाको अवधि ६ महिना थपेको हो।

प्राधिकरणले २०८० जेठ ९ गते पुनर्बीमा निर्देशिका जारी गरेर रिइन्स्योरेन्स ब्रोकरलाई ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न भनेको थियो।

तर, रिइन्स्योरेन्स ब्रोकरले २ वर्षसम्म शाखा कार्यालय स्थापना गर्न नमानेपछि पहिलोपटक २०८२ असारमा ६ निर्देशिका संशोधन गरेर ६ महिनाको सीमा दिइएको थियो।

पुससम्म दिएको सीमाभित्र रिइन्स्योरेन्स ब्रोकरले शाखा स्थापना गर्न नमानेपछि प्राधिकरणले बुधबार ६ महिना समय थपेको हो।

संशोधित निर्देशिका अनुसार रिइन्स्योरेन्स ब्रोकरले असार मसान्तसम्म नेपालमा शाखा कार्यालय स्थापना गर्नुपर्नेछ।