BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ कृषि कम्पनीको बोर्डबाट बाहिरिइन पूर्वमिस नेपाल सुगारिका केसी, सदस्य परिवर्तन

२०८२ चैत्र १२

मुक्तिनाथ कृषि कम्पनीको बोर्डबाट बाहिरिइन पूर्वमिस नेपाल सुगारिका केसी, सदस्य परिवर्तन
मुक्तिनाथ कृषि कम्पनीको बोर्डबाट बाहिरिइन पूर्वमिस नेपाल सुगारिका केसी, सदस्य परिवर्तन

काठमाडौं। मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक समिति सदस्यबाट पूर्वमिस नेपाल सुगारिका केसी बाहिरिएकी छन्। उनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीले नयाँ सदस्यलाई इन्ट्री गराएको छ।

Tata
GBIME
Nepal Life

केसी ठाउँमा कम्पनीले लमजुङ, सुन्दरबजारकी हेमप्रभा पाण्डेलाई ल्याइएको बिहीबार जनाएको हो। कम्पनीका अनुसार समय व्यवस्थापनको कारण देखाउँदै केसीले राजीनामा दिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबारको बैठकले केसीको राजीनामा स्वीकृत गर्दै उक्त स्थानमा पाण्डेलाई नियुक्त गरेको जनाइएको छ।

यस्तै कम्पनीले भरतराज ढकाललाई प्रबन्ध सञ्चालक नियुक्त गरेको छ। उनको नियुक्ति आगामी वैशाख १ बाट लागू हुने जनाइएको छ।