BIZMANDU
www.bizmandu.com

सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँ घट्यो, चाँदी १०० रुपैयाँ सस्तियो

२०८२ चैत्र १२

सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँ घट्यो, चाँदी १०० रुपैयाँ सस्तियो
सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँ घट्यो, चाँदी १०० रुपैयाँ सस्तियो

काठमाडौं । सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनका तुलनामा बिहीबार सुनको मूल्य तोलामा २ हजार ९०० ले घटेको छ भने चाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलाको ४ हजार ८२० रुपैयाँ कायम भएको छ।

बुधबार सुन प्रति तोला २ लाख ८८ हजार ५०० पुगेको थियो। चाँदी ४ हजार ८२० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४५०६.६९ डलर र चाँदी प्रति औंस ७०.६५ डलर छ। बुधबार सुन प्रति औंस ४५६७.४७ डलर र चाँदी ७३.३१ डलरले कारोबार भएको थियो।