BIZMANDU
www.bizmandu.com

म्याद गुज्रेको कोल्ड ड्रिंक्स बेच्दा कारबाही, पिलग्रिम्स ग्रोसरीलाई २ लाख १ हजार जरिबाना

२०८२ चैत्र ११

म्याद गुज्रेको कोल्ड ड्रिंक्स बेच्दा कारबाही, पिलग्रिम्स ग्रोसरीलाई २ लाख १ हजार जरिबाना
म्याद गुज्रेको कोल्ड ड्रिंक्स बेच्दा कारबाही, पिलग्रिम्स ग्रोसरीलाई २ लाख १ हजार जरिबाना

काठमाडौं। म्याद गुज्रेको कोल्ड ड्रिंक्स बिक्री गरेको भन्दै काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम्स ग्रोसरीलाई कारबाही गरिएको छ।

Tata
GBIME
Nepal Life

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार अनुगमनका क्रममा म्याद गुज्रिएको कोल्ड ड्रिंक्स बेचेको पाइएपछि पिलग्रिम्स ग्रोसरीलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ।

ग्रोसरीले बिल बिजक समेत जारी नगरेको पाइएकाले कारबाही गरेको विभागका अधिकारीले बताएका छन्।

विभागले ललितपुरको भैंसेपाटीस्थित आरएस किराना तथा ग्यास पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।