BIZMANDU
www.bizmandu.com

रिजलाइन इनर्जीको १.१८ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

२०८२ चैत्र ११

रिजलाइन इनर्जीको १.१८ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
रिजलाइन इनर्जीको १.१८ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं। रिजलाइन इनर्जीको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

Vigo
GBIME
Tata

रिजलाइनको १ करोड १८ लाख ५० हजार कित्ता सेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो। त्यसमध्ये २६ लाख ७ हजार कित्ता साधारण सेयर हो। सूचीकृत सेयर बिहीबारदेखि कारोबारमा आउनेछ।

कम्पनीले चुक्ता पुँजीको २२ प्रतिशत आइपीओ निष्कासन गरेको थियो। सूचीकृत भएको सेयर मध्ये बाँकी ९२ लाख ९३ हजार कित्ता संस्थापक सेयर हो।

नेप्सेले कम्पनीलाई दोस्रो बजारमा पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।