BIZMANDU
www.bizmandu.com

यातायात भाडा बढाउने सिफारिस अलपत्र परेपछि व्यवसायी आक्रोशित, सेवा रोक्ने चेतावनी

२०८२ चैत्र ११

यातायात भाडा बढाउने सिफारिस अलपत्र परेपछि व्यवसायी आक्रोशित, सेवा रोक्ने चेतावनी
यातायात भाडा बढाउने सिफारिस अलपत्र परेपछि व्यवसायी आक्रोशित, सेवा रोक्ने चेतावनी

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात र ढुवानी भाडा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

Tata
GBIME
Nepal Life

महास्घले बुधबार प्रेस विज्ञप्ति जारी गरी इन्धनको मूल्य बढेको अवस्थामा घाटा खाएर सेवा दिन नसक्ने भन्दै सार्वजनिक यातायात र ढुवानी भाडा बढाउन सरकारको ध्यानाकर्षण गराएको हो।

महासंघले अन्यथा आफैं भाडा बढाउने र नभए सेवा बन्द गर्ने चेतावनी दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाइँ र मन्त्रालयका अधिकारीहरुलाई पटक पटक भेटेर भाडा समायोजनका लागि आग्रह गर्दा पनि माग सम्बोधन नभएको भन्दै महासंघले आफैं भाडा तोक्ने चेतावनी दिएको हो।

‘धेरै दिन घाटामा व्यवसाय संचालन गर्न नसकिने हुँदा सेवा बन्द गर्नु पर्ने वा यातायात व्यवस्था विभागबाट भाडा समायोजन गर्न सिफारिस भए बमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प नभएको हुँदा सरकारका सम्बन्धित निकायले यथाशिघ्र भाडा समायोजन गर्न जोडदार माग गर्दछौं,’ महासंघले विज्ञप्तिमा भनेको छ।

नेपाल आयल निगमले चैत २ गते रातिदेखि लागू हुने गरी डिजलको भाउ प्रति लिटर १० र पेट्रोलको भाउ प्रतिलिटर १५ रुपैयाँ बढाएपछि यातायात व्यवसि्था विभागले ५ गते भाडा समायोजन गर्न मन्त्रालयमा पत्राचार गरेको थियो।

महासंघका अनुसार विभागले सार्वजनिक यातायातको भाडा ११.३३%, मालबाहक गाडीको भाडा तराईमा ८.८१% र पहाडमा १४.२९% समायोजन गर्न पत्राचार गरेको छ।