BIZMANDU
www.bizmandu.com

वाडा अटो शोमा नयाँ जेकु जे६टी लन्च, पोखरेली ग्राहकका लागि मूल्य ६६.९९ लाख रुपैयाँ

२०८२ चैत्र ११

वाडा अटो शोमा नयाँ जेकु जे६टी लन्च, पोखरेली ग्राहकका लागि मूल्य ६६.९९ लाख रुपैयाँ
वाडा अटो शोमा नयाँ जेकु जे६टी लन्च, पोखरेली ग्राहकका लागि मूल्य ६६.९९ लाख रुपैयाँ

काठमाडौं । ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक डिलर इलिट मोटर्स प्रालिले पोखराको लेकसाइडमा जारी वाडा अटो शो २०२६ मा जेकु जे६टी सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

नयाँ जे६टी अझ शक्तिशाली र रग्ड डिजाइनका साथ पोखराका ग्राहकहरूका लागि लन्च गरिएको हो। सीमित अवधिका लागि ग्राहकहरूले यो गाडी ६६.९९ लाखमा खरिद गर्न सक्नेछन्।

यस गाडीलाई २५ देखि २९ मार्च २०२६ सम्म पोखराको लेकसाइड ग्राउन्डमा आयोजना भइरहेको अटो शोमा प्रदर्शनीमा राखिनेछ। इच्छुक ग्राहकहरूले स्टलमा गई यस गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

अल–रोडर जे६टी मा रियर माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट कल्ट ब्याट्री जडान गरिएको छ, जसले ४३१ किमिसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

२२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४,४३३ मिमी लम्बाइ, १,९१६ मिमी चौडाइ, १,७४१ मिमी उचाइ तथा २,७१५ मिमी ह्वीलबेसमा उपलब्ध छ।

गाडीमा 1१९ इन्चको टायर, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, ९.२ इन्चsJ इन्स्ट्रुमेन्ट प्यानल, ५० वाटको वायरलेस चार्जर तथा ८ वटा स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।

यसअघि जे६ मा २०० मिमी ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जे६टी मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको कम्पनीले जनाएको छ।

नयाँ जे६टी अहिले वाडा अटो शोमा प्रदर्शनीका लागि र पोखरास्थित इलिट मोटर्सको शोरुममा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।