BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

२०८२ चैत्र ११

आजको मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
आजको मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली भएको छ।

Tata
GBIME
Nepal Life

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

त्यसैगरी, बुधबार राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने तथा तराईका भू-भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ। साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ। रासस