BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब ८ देशमा, डेनमार्क र दक्षिण कोरियामा पनि उपलब्ध

२०८२ चैत्र १०

नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब ८ देशमा, डेनमार्क र दक्षिण कोरियामा पनि उपलब्ध
नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब ८ देशमा, डेनमार्क र दक्षिण कोरियामा पनि उपलब्ध


काठमाडौं। नेपाल टेलिकमको मोबाइल फोनमा अबदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ।

Tata
GBIME

यसका लागि नेपाल टेलिकमले डेनमार्कको टेलिनोर र दक्षिण कोरियाको एसके टेलिकमसँग सम्झौता गरेको छ।

टेलिकमको भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने देशको संख्या ८ पुगेको छ। यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवानमा यसअघि देखि नै उपलब्ध छ।

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल फोन प्रयोग गरी भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ। अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ ।

भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले देशभित्र पहिलेदेखि नै उपलब्ध गराइरहेको सेवा हो। मोबाइलमा यो सेवा एक्टिभेट गर्नुपर्छ।

आफ्नो मोबाइल स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टी लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ।