BIZMANDU
www.bizmandu.com

सुपर खुदी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति?

२०८२ चैत्र १०

सुपर खुदी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति?
सुपर खुदी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति?


काठमाडौं। सुपर खुदी हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच मंगलबार सूचीकृत सम्झौता भएको हो। कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर नेप्सेमा थपिएको छ।

Vigo
GBIME
Tata

सूचीकृत सेयरमध्ये २५ प्रतिशतले हुन आउने ३१ लाख कित्ता साधारण सेयर हो। कम्पनीको सर्वसाधारण र वैदेशिक रोजगारलाई वितरण गरेको साधारण सेयर बुधबारदेखि दोस्रो बजार कारोबारमा आउनेछ।

त्यसबाहेक स्थानीय र संस्थापक सेयरमा तीन वर्षे लकइन अवधि लागू हुन्छ। उनीहरुले तीन वर्षपछि मात्रै दोस्रो बजार मूल्यमा सेयर बिक्री गर्न पाउँछन्। सुपर खुदी हाइड्रोपावरलाई नेप्सेले १०० रुपैयाँ ओपनिङ रेन्ज दिएको छ। कम्पनीको यही मूल्यमा बुधबार कारोबार खुल्नेछ। हाइड्रोपावरले फागुनमा सर्वसाधारणलाई सेयर बिक्री गरेको थियो।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।