BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको एसोसिएट उपाध्यक्षमा पाण्डे चुनावी मैदानमा, अगाडि सारे १२ बुँदे कार्ययोजना

२०८२ चैत्र ९

एफएनसीसीआईको एसोसिएट उपाध्यक्षमा पाण्डे चुनावी मैदानमा, अगाडि सारे १२ बुँदे कार्ययोजना
एफएनसीसीआईको एसोसिएट उपाध्यक्षमा पाण्डे चुनावी मैदानमा, अगाडि सारे १२ बुँदे कार्ययोजना


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डेले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्यालाई आफूले नजिकबाट नियालेको भन्दै समाधानको प्रयासका लागि १२ बुँदे कार्ययोजना अगाडि सारेका छन्।

Tata
GBIME
Nepal Life

उनले सोमबार काठमाडौंमा उम्मेदवारी घोषणा कार्यक्रममा निजी क्षेत्रको पुनरुत्थान र आर्थिक समृद्धिका लागि आफ्नो कार्ययोजना सुनाएका हुन्।

‘म पनि ती सयौं उद्योगीमध्ये एक हुँ, जसले राज्यको अदूरदर्शी नीतिका कारण पटक-पटक सास्ती भोग्नुपरेको छ,’ उनले भने, ‘त्यसैले म सुधारको योजनासहित मैदानमा आएको छ।’

उनले उद्योगमैत्री र स्थिर नीति निर्माण, ब्याजदरमा स्थिरता, वैदेशिक र स्वदेशी लगानी बढाउन ‘क्रेडिट रिकभरी एक्ट’ तर्जुमा, आयकरको सीमा परिमार्जन, हवाई टिकटमा लगाइएको भ्याट खारेज, उद्योगहरूलाई सहुलियत दरमा चौबिसै घण्टा बिजुली, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता, सामूहिक सौदाबाजीको बाध्यात्मक अवस्था अन्त्य गरी न्यूनतम ज्याला निर्धारण गर्ने वैज्ञानिक आधार तय गर्नुपर्ने लगायत विषय अगाडि सारेका छन्।

उनले बागमती प्रदेश अध्यक्षको रूपमा काम गर्दा सिकेका अनुभवले महासंघलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

महासंघको अहिलेको कार्यसमितिमा एसीसिएट तर्फबाट सदस्य रहेका अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, जुना माथेमा, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, उज्जवल श्रेष्ठ, शक्ति कुमार बेगानी र सुशील थापा पाण्डेको पक्षमा उभिएका छन्। यसबाहेक कृष्णलाल महर्जन, निकोलस पाण्डे, प्रियराज रेग्मी, आरएस भण्डारी, ईश्वर जिसी र सुयस प्याकुरेल पनि पाण्डेको पक्षमा खुलेका छन्।