काठमाडौं। उतारचढावबीच सेयर बजार परिसूचक अन्तिममा ५.०१ अंकले उकालो लागेको छ। सोमबार कारोबार सुरु भएको १५ मिनेटमा २९०८ अंकमा झरेको नेप्से अन्तिममा २९३६.५६ विन्दु कायम भएको छ।
बैंक विकास बैक होटल जीवन बीमा निर्जीवन बीमा र व्यापारबाहेकका उपसमूहले नेप्से बढाएका हुन्। उत्पादनमूलक उपसमूहको सूचक सबैभन्दा धेरै १.५३ प्रतिशतले उकालो लागेको छ।
बजारमा १५ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ। कुमारीको ६७ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको मूल्य घटेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लगायत ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
नेप्से आइतबार ५४.५१ अंकले उकालो लागेको थियो।